रास्वपा स्वास्थ्य विभागको उप -प्रमुखको जिम्मेवारी डा खराललाई
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय स्वास्थ्य विभागको उप-प्रमुखको जिम्मेवारी डा. पुष्पमणि खराललाई दिएको छ ।
रास्वपाका महामन्त्री डा मुकुल ढकालले जिम्मेवारी पत्र डा खराललाई दिएका हुन् । नेकपा एमालेनिकट राष्ट्रिय चिकित्सक संघको महासचिव पदबाट राजिनामा दिएर खराल रास्वपामा पुगेका हुन् । उनी एमडीजीपी फिजिसियन हुन्।
Share on Twitter