यस्तो भयो नुवाकोटमा नवौँ पोस्टबहादुर बोगटी स्मृति दिवस
नुवाकोट:तात्कालीन नेकपा मशाल ९२०३८ ० नुवाकोट जिल्ला सस्थापक सचिव एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पोस्टबहादुर बोगटीको नवौँ स्मृति दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरि मनाइयो । स्मृति दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र बिदुर नगरपालिका वडा ५ ले पोस्टबहादुर स्मृति पार्कमा फुलमाला अर्पण कार्यक्रम गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र बिदुर नगरपालिका (७ ले नुवाकोटकै तुप्चे अक्करेमा रहेको बोगटीको सालिकमा फुलमाला अर्पण कार्यक्रम गरेको छ । माओवादी केन्द्र बिदुर नगरपालिका ९ ले स्मृति सभा गर्नुका साथै वडा पार्टी कार्यालय उद्घाटन गरेको छ ।

स्मृति दिवसकै अवसरमा जनयुद्धमा नुवाकोटका प्रथम सहिद गजेन्द्र वाइवा, प्रविण लगायत सहिदको स्मारक देउराली सहिद पार्क, गोगने म्यागङ (३ मा सरसफाई कार्यक्रम भएको छ । नेकपा माओवादी केन्द्र म्यागङ गाउँपालिका वडा नं. ३ को आयोजनामा सरसफाइ कार्यक्रम भएको हो ।

नेकपा माओवादी केन्द्र म्यागङ गाउँपालिका ५ को आयोजनामा म्यागङ (५ को पार्टी कार्यालयमा नेता बोगटीको तस्बिरमा फुलमाला अर्पणसहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । र, जनजागृत युवा कल्ब तुप्चेले बोगटीको स्मृतिमा रक्तदान कार्यक्रम गरी संस्थाको साधारण सभासमेत सम्पन्न गरेको छ ।
Share on Twitter