चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताएका छन् । नेपाल चिकित्सक संघका प्रतिनिधिसंगको भेटमा प्रधानमन्त्री दाहालले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको संघका महासचिव डा सन्जिव तिवारीले जानकारी दिए ।
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सक संघको टोली प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका थिए ।
चिकित्सक सघका अध्यक्ष डा अनिलबिक्रम कार्की, महासचिव डा सन्जिव तिवारी , बागमती प्रदेश उपाध्यक्ष डा. प्रकाश बुढाथोकी लगाएतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको थियो।
Share on Twitter