सधैकालागि बिदा भए नेम्वाङ
काठमाडौं:संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे ।
दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो । यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि–अघि र शव बोकेको गाडी पछि–पछि थियो ।
यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारणपनि सहभागी थिए । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।



Share on Twitter