मैले हितैषी मित्र र सुख दुःखको साथी गुमाएँ : अध्यक्ष ओली
काठमाडौं:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताएका छन् ।
आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको भन्दै स्मरण गरेका छन् । साथै उनले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।
Share on Twitter