एमाले सचिवालय बैठक बस्दै
काठमाडौं:नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बिहान ११ बजेकालागि बैठक बोलाइएको जनाइएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो । गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।
Share on Twitter