प्रचण्ड र देउवाको भेटमा के भयो कुराकानी ?
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक, आसन्न अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बताइएको छ।
भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागि रहेको बालुवाटार श्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड विराटनगरबाट फर्किए लगत्तै भेटवार्ता भएको हो। दुई नेताबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकका बारेमा समेत कुराकानी भएको छ ।
प्रधानमन्त्रीले अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकमाथि सहमति जुटाउने प्रयास गरिरहेका छन्।
Share on Twitter