ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना धरौटीमा छुटे, एक जना कारागारमा
काठमाडौं:ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् । अदालतले उनीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो ।
उनी अब धरौटी बुझाएमात्र छुट्नेछन् । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ ।
धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ ।
त्यस्तै, घमनकुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रू सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरेको हो ।
साथै, ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रू एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार रहेको छ ।
Share on Twitter