राजनीतिक दलहरू जबाफदेही बन्नुपर्छ : कांग्रेस नेतृ देवकोटा
काठमाडौं:नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले राजनीतिक दलहरू जनताप्रति जबाफदेही बन्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेस मध्यविन्दु नगर सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक दलहरू जबाफदेही नबन्दा देश पछाडि परेको बताइन् ।
जनतालाई उत्तेजित बनाएर मत लिएका दलहरूले जनभावनामा खेलबाड गर्न नहुने उनको भनाइ छ । नेपाली कांग्रेसकै कारण देशमा लोकतन्त्र आएको स्मरण गराउँदै काँग्रेसलाई बलियो बनाउन गाउँबाटै कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिइन् । उनले वडालाई बलियो बनाउन नेतृत्व तह लाग्नुपर्ने बताइन् । तल्लो तहका गुनासो सम्बोधन भएमा मात्र पार्टी बलियो हुने उनको तर्क छ ।
Share on Twitter