चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त
काठमाडौं:सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अन्जनीकुमार झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज (बिहीबार) बसेको बैठकले डा झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले डा झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।
तीमध्ये झा नियुक्त भएका हुन् ।आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। नेपाली कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष हुन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो ।
Share on Twitter