काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन
कठमाडौं:काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो ।
भाइरल निमोनियापछि गम्भीर भएका रिजाललको भेन्टिलेटरमा उपचार भइरहेको थियो। ’रगतमा रहेको प्लेटलेट्सको संख्या निकै कम भएपछि डेंगुको शंका गरिएको थियो। तर रगत परीक्षणका क्रममा डेंगु नदेखिएको अस्पताल स्रोतले जनाएको छ । रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
Share on Twitter