कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण
कथित अभियन्ता सापकोटा पक्राउ
काठमाडौं :नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । यादव काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।
यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ ।
Share on Twitter