र्यान को अध्यक्षमा डा कपिल गौतम निर्वाचित
काठमाडौं:चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्टस् एसोसिएसन अफ न्याम्स (र्यान) को अध्यक्षमा डा कपिल गौतम निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा डा निश्चलबाबु न्यौपाने, सचिवमा डा अमृत पन्थी र कोषाध्यक्षमा डा बसन्तराज जोशी निर्वाचित भएका छन्। यसैगरी, सदस्यहरुमा डा अनु दत्त, डा देवेन्द्रराज बेलबासे, डा कृष्णहरी श्रेष्ठ, डा अस्मिता आचार्य, डा कैलाश क्षेत्री, डा रुविना प्रधान र डा महेश आचार्य निर्वाचित भएका छन् । सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
Share on Twitter