एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालविरुद्ध उजुरी
काठमाडौं:नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालविरुद्ध उजुरी परेको छ । उनको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिएका हुन् ।
‘लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिएका हरिप्रसाद रिजालको लुम्बिनी प्रदेश अन्तर्गत रहेको सदसस्यता सूचीमा नाम समावेश नदेखिएको हुँदा पार्टीको यो प्रदेश सदस्य नै नभएको व्यक्ति अधिवेशन प्रतिनिधि हुन र उम्मेदवार हुन नमिल्ने भएकाले उम्मेदवार खारेज गरिपाउँ’, उजुरीमा भनिएको छ ।
Share on Twitter