एमालेको लुम्बिनी प्रदेश अधिवेशन : काे हुन् राधाकृष्ण कँडेल ?
काठमाडौं: नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ । रुपन्देहीको बुटवलमा शनिवारबाट जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने निश्चित भैसकेको छ ।
प्रयास असम्भव भएको हो । प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरि रिजाल दुवेले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो ।दुवै उम्मेदवारहरु आफ्नो पक्षम मतदाता रिझाउन लागेका छन् । नेतृत्वको विषयमा उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलबीच शक्ति सङ्घर्ष देखिएकाले अधिवेशन पेचिलो बनेको हो ।
कँडेललाई पौडेलको समर्थन छ भने रिजाललाई पोखरेलको । त्यसो त वडा तहदेखिनै पार्टीमा काम गरेको अनुभवका आधारमा आफ्नो पक्षमा मत आउनेमा कँडेल ढुक्क छन् । यता रिजाललेपनि आफुले जित्ने दावी गरेका छन् ।
को हुन् कँडेल
२०१९ सालमा पाल्पाको रामपुरमा जन्मिएका कँडेल २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । २०३६ मा नेकपा (माले ) गाउँ पार्टी सक्रिय दलको सदस्य बनेर औपचारिक रुपमा उनी रानीतिमा प्रवेस गरेका हुन् ।
त्यसलगतै २०३८ मा अनेरास्ववियुको पाल्पा जिल्ला सदस्य बनेर विद्यार्थी राजनीतिमा होमिएका थिए । त्यसको एक बर्ष पछि २०३९ मा उनी अनेरास्ववियु पाल्पा जिल्ला उपाध्यक्ष बनेका थिए । उनले उपाध्यक्ष भएपनि कार्यबहाक अध्यक्षको रुपमा एक बर्ष काम गरेका थिए । इमान्दार र स्वच्छ छवी भएका कँडेलको राजनीतिक उडान यतिमा मात्र सिमित भएन ।
२०४० मा अनेरास्ववियु लुम्बिनी अञ्चल सचिव बन्ने अवसर पाए । २०४२ मा नेकपा (माले ) गाउँ पार्टी सक्रिय दलको सचिव भए । यस्तै २०४५ मा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव भएर काम गरेको अनुभव पनि उनिसंग छ । २२ पुस २०४७ मा नेकपा (मार्क्सवादी)सँग एकीकरण भएपछि नेकपा एमाले बनेको थियो । त्यो बेला कँडेलले पाल्पा जिल्ला इलाका २ को सचिव भएर काम गरे । उनी २०५० मा नेकपा एमाले पाल्पा जिल्ला सदस्य भए भने २०५५ मा एमालेको जिल्ला उपसचिवको जिम्मेवारी पाए ।
उनि २०६० मा पार्टीको जिल्ला सचिव तथा जिल्ला प्रमुखको भुमिकामा रहेर काम गरे । मेहेनेती र पार्टी र जनताप्रति बफादार कँडेल २०६५ मा राष्ट्रिय परिषदको सदस्य समेत बनेका थिए । यस्तै २०६९ मा पार्टीको जिल्ला अध्यक्ष भएर काम गरेका थिए । उनको कामको मुल्याङकन गर्दै २०७० को संविधानसभा निर्वाचनमा पार्टीले उनलाई टिकट समेत दिएको थियो । उनलेपनि पार्टीले आफुप्रति गरेको विश्वास गुम्न दिएनन् ।
संविधान सभा निर्वाचनमा पाल्पा १ बाट निर्वाचित समेत बने । संविधान निर्माणका क्रममा संसदको लेखा समितिमा रहेर काम गरेको अनुभव पनि उनिसंग छ । २०७३ मा साबिक ५ नम्बर प्रदेशको पार्टी सचिवालय सदस्य बनेका उनि २०७८ पौष १ देखि लुम्बिनी प्रदेश संगठन कमिटीको अध्यक्ष बनेका हुन् ।
उनले आफुले पाएको अनुभवलाई सदुपयोग गर्दै पार्टीलाई अझ मजबुत बनाउने दावी गरे । विएड सम्म अध्ययन गरेका कँडेल भुगोललाई मिलाएरु लनसक्ने ब्यक्तिका रुपमा स्थापित भएका छन् । आगामी निवाचनमा पनि पार्टीलाई प्रदेशमै पहिलो पार्टी बनाउने बताए ।
Share on Twitter