एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वका लागि सहमति हुन सकेन
काठमाडौं:नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व निर्वाचन मार्फत चयन हुने भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमा धेकेलिएको हो । नेतृत्वका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरि रिजालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
कँडेलले आफैं उम्मेदवारी दर्ता गराएका छन् भने रिजालले वारेसनामा मार्फत् गराएका हुन्। कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् । भोलि बिहान १० बजेसम्म मनोनयन गर्ने समय रहेकाले सहमतिको सम्भवना नटरेको नेताहरु बताउछन् ।
तर सहमति हुने सम्भावना भने निकै कम देखिएको लुम्बिनिबाट हाम्रा सहकर्मीले बताएका छन् । लुम्बिनिमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइका कारण सहमति हुन नसकेको हो दुवै नेता प्रदेशमा आफ्नो बर्चश्व कायम कायम गर्न चाहन्छन । त्यसैले दुवै नेताले आफ्ना उम्मेदवारलाई पछाडी नहट्न भनेका छन् ।
कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । पहिलो निर्वाचन भएकाले कँडेललाई नै दाहोराउने पक्षमा केन्द्रीय नेताहरु लागेको बताइन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि कँडेललाई ग्रिन सिग्नल दिएको बुझिएको छ ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसंग कुरा गर्दै कँडेलले आफ्नो उम्मेदवारी नेकपा एमालेलाई प्रदेशमा सशक्त बनाउन रहेको प्रतिकृया दिएका छन् । उनले २०८४ को निर्वाचनमा प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी समेत गरेका छन् । २० बर्षे राजनीतिक यात्रामा लागेका कँडेल संविधान सभा सदस्य समेत हुन । सालिन र भद्र स्वभावका कँडेलले गठबन्धनलाई समेत पराजित गरेर एमालेलाई लुम्बिनिमा पहिलो पार्टीको रुपमा उभ्याएको बताइन्छ ।
सबैलाई मिलाउन सक्ने उनको खुबीको एमाले वृतमा चर्चा छ । पाल्पाबाट विद्यार्थी जीवनदेखि राजनीति थालेका हुन्। विद्यार्थीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, पार्टीको इलाका सेक्रेटरी, जिल्ला कमिटी सदस्य हुँदै तीन पटक पार्टीको जिल्ला अध्यक्ष बनेर काम गरेको उनमा अनुभव छ । उनलाई प्रदेश अध्यक्ष बनाउनकै लागि पार्टी अध्यक्ष ओलीले रिजाललाई केन्द्रीय सदस्यमा लगेका थिए । तर रिजाल बहालवाला केन्द्रीय सदस्यको पद त्यागेरै निर्वाचनमा होमिएका छन् ।
शंकर पोखरेलको राजनीति जोगाउन उनलाई अगाडी सारेको एक नेताले बताए । त्यसो त रिजाल प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । रिजालले आफुलाई संस्थापन पक्ष भनेर दावी गरेका छन् । एमालेका एक नेता कँडेलकै सम्भावना प्रवल रहेको बताउँछन् ।
“रिजालजीको आफ्नै क्षेत्र बलियो देखिदैन । उहाले पाउनुपर्ने सुविधा पाइसक्नुभयो , चुनावमा टिकट पाउनुभयो तर हार्नुभयो , केन्द्रीय समिति पाउनुभयो फेरी यता किन आउनुभयो भन्ने हो , एक कार्यकाल केन्द्रमै बसेको भए हुने, चिचि पनि पापा पनि त हुँदैन होला नि ,” ती नेता भन्छन्, “कँडेलजीको अरू केही छैन । उहाँ प्रदेश कमिटीको अध्यक्ष मात्रै हो । त्यसैले कँडेलकै सम्भावना प्रवल छ ।”
लुम्बिनीका १२ जिल्ला मध्ये कँडेलको १० जिल्लामा राम्रो पकड रहेको नेताहरु बताउछन् । रिजालको दाङ र प्युठानमा पकड छ ।
Share on Twitter