को बन्ला एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष?
काठमाडौं:नेकपा एमाले लुम्बिनी प्रदेशले नयाँ नेतृत्व पाउँदै छ । भदौ १६ र १७ गते बुटवलमा पहिलो अधिवेशन हुँदैछ । वर्तमान प्रदेश अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य प्युठानका हरिप्रसाद रिजाल नेतृत्व लिन दौडधुपमा छन् ।
आफ्नो पक्षमा पार्न व्यक्तिगत भेटघाट र छलफललाई तिब्रता दिएका छन् । १२ वटै जिल्लाका छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसङ्गठनहरूबाट छानिएका १००४ प्रतिनिधिले नेतृत्व छान्ने छन् ।
नेतृत्वका आकांक्षी कँडेल र रिजाल भएपनि यो अधिवेसनलाई एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको अस्तित्वको लडाइका रुपमा एमालेका कार्यकर्ताले बुझेका छन् । कँडेललाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलको समर्थन छ भने रिजाललाई महासचिव पोख्रेलको समर्थन छ ।
प्रदेशको अध्यक्ष बन्नका लागि प्युठानका रिजाल बहालवाला केन्द्रीय सदस्यको पद त्यागेरै निर्वाचनमा होमिएका छन् । महासचिव पोखरेल निकट रिजाल यसअघि प्रदेशसभा सदस्य थिए । उनलाई शंकर पोखरेलले मुख्यमन्त्री हुँदा स्वास्थ्य मन्त्री बनाएका थिए । तर गत वर्ष मंसिरको चुनावमा नेपाली कांग्रेसका रोज राणासँग रिजाल पराजित भएका थिए ।
आफ्नै क्षेत्रमा समेत पकड बनाउन नसकेकालेपनि उनको लोकप्रियता कम भएको नेताहरु बताउछन् । नाम नखुलाउने सर्तमा एक नेता भन्छनर्् एक त रिजाल जि केन्द्रीय सदस्य छोडेर आउनुभएको छ , पदकालागि जेपनि गर्ने जता पनि जाने ? पद ओगट्ने ? पद पाएपछि एक कार्यकाल काम गरेर आएको भए हुन्थ्यो’। यस्तै उनलाई गुटलाई प्रशय दिएको समेत आरोप छ ।
केही दिन अघि मात्र आरम्भ रिसोर्टमा गुट भेला गरेको नेताहरु बताउछन् । एमाले महासचिव पोखरेलले आफ्नो प्रभाव कायम राख्न रिजाललाई जबरजस्ती ल्याएको गाइगुई छ । तर रिजालले भने आफुले जित्ने दाबी गरेका छन् । यता केपी कै चाहानामा प्रदेश अध्यक्ष बनेका कँडेलपनि फेरि दोहोरिने दौडमा छन् ।
तीन कार्यकाल एमाले पाल्पाको जिल्ला अध्यक्ष बनेर काम गरेका कँडेल लगातार २० वर्ष पार्टी जीवनमा क्रियाशील छन्। जिल्ला, साविक अञ्चल हुँदै अहिले उनी प्रदेशको नेतृत्वमा छन्। गत मंसिरको निर्वाचनमा एमालेलाई प्रदेशको पहिलो पार्टी बनाएको श्रय पनि ओलीले कँडेललाई दिएका छन् ।
सबैलाई एक जुट बनाउन सिपालु कँडेल अध्यक्ष ओलीका विश्वास पात्र मध्ये एक हुन । आफूले प्रदेशको नेतृत्व गर्दा पार्टीले ठूलो उपलब्धि हासिल गरेकाले पनि एकपटक दोहोरिन चाहेको उनी बताउँछन् ।
पाँच दलीय गठबन्धनविरुद्ध समानुपातिक तर्फ प्रदेशसभामा पहिलो बनेको, प्रत्यक्षतर्फ ५० प्रतिशतले जितेको, संगठनलाई व्यवस्थित गरेको लगायत सफलता आफ्नो नेतृत्वमा संभव भएको कँडेलको दाबी छ । प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुटवल पुग्नेभएकालेपनि सर्वसम्मत गराउन नेताहरु प्रयासरत छन् । ओलीको चाहाना कँडेललाई नै दाहोराउने बुझेका पोखरेलले रिजाललाई अघि सारेर गुटलाई मलजन गर्न खोजेको एमाले वृतमा चर्चा छ ।
Share on Twitter