चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न १० जनाको आवेदन
काठमाडौं:चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तीका लागि १० जनाले दरखास्त दिएका छन् ।
सिफारिस समितिले उपलब्ध गराएको विवरण अनुसार उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुस दाहाल, प्राडा विधान निधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा, प्राडा मनेनप्रसाद गोर्खाली र डा विरेन्द्रप्रसाद यादवको आवेदन परेको छ।आवेदन दिएकामध्ये एक जनाको अनुभवको अवधि नुपेगपछि नाम सिफारिस समितले ती उम्मेदवारको दरखास्त अस्वीकृत गरेको छ। डा वीरेन्द्रप्रसाद यादवको दरखास्त अस्वीकृत भएको छ।
उनको अनुभवको अवधि गणना गर्दा २० वर्ष नपुगेको भन्दै आवेदन अस्वीकृत गरेको समितिले जनाएको छ । समितिले गत २६ साउनमा उपाध्यक्षका लागि सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरुलाई दरखास्त दिन आव्हान गरेको थियो। १५ दिनको समय दिएर आह्वान गरिएको आवेदनको अन्तिम दिन शुक्रबारसम्म १० जानले आवेदन दिएका हुन्।

Share on Twitter