धरानमा सामाजिक सदभाव कायम राख्न सर्वदलीय अपिल
द्वन्द्वको खतरा बढेपछि निषेधाज्ञा जारी
काठमाडौं : धरानमा सद्भाव कायम राख्न रानीतिक दलहरुले अपिल गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै दलहरुले सम्भावित दुघर्टना रोक्नले भोलि (शनिबार) धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।
‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ वक्तव्यमा भनिएको छ ।
साथै भोलिकालागि तय भएका सबै कार्यक्रम स्थगित गर्नपनि दलहरुले आग्रह गरेका छन् । धार्मिक द्वन्द्वको खतरा बढेर गएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ ।

Share on Twitter