ललिता निवास जग्गा प्रकरण : सीआईबीले २८६ जनालाई प्रतिवादी बनायो (सूचीसहित)
काठमाडौं: ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ । यस्तै यो प्रकरणमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ ।
मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा पनि समेटिएको छ । हाल जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले दिएको प्रतिवेदन अध्ययन गरिरहेको छ । अब केही दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।
Share on Twitter