संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते
काठमाडौं: संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पदमा चयन भएका छैनन् । संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।
प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउन लागेको छ ।यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया हुने सभामुखको सचिवालयले जनाएको छ ।
Share on Twitter