कार्कीको निधनमा भोलि कांग्रेसको पार्टी कार्यालय बन्द गर्ने निर्णय
काठमाडौं: नेपाली कांग्रेले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठककले कार्कीको निधनप्रति शोक ब्यक्त गरेको छ ।
बैठकले आज र भोलि ( भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । कार्कीप्रति सम्मान प्रकट गर्दै भाद्र ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, ०८० भाद्र ८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको हो ।
६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो । कांग्रेसका पूर्व केन्द्रीय सदस्य कार्की तरुण दलका पूर्वमहासचिव हुन् । उनी धार्दिङका पूर्वसचिव समेत हुन् ।

Share on Twitter