कोशीका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गराएका थिए । न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।
Share on Twitter