संसद बैठक बस्दै
काठमाडौं:प्रतिनिधिसभाको बैठक आजपनि बस्दै छ । दिउँसो १ बजेकालागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७–०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८–०७९” पेस गर्ने कार्यसूची रहेको छ ।
करिब एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक बुधबारदेखि सञ्चालनमा आएको छ ।

Share on Twitter