एक महिनाको अवरोधपछि संसद खुल्यो
काठमाडौं:प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि सुचारु भएको छ । गत साउन १० गतेबाट अवरुद्ध बनेको संसद आजबाट सुचारु भएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको थियो ।
संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएपछि संसदको अवरोध खुलाउन एमाले सहमत भएको हो । प्रधानमन्त्री निवास सिंहदबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमति भएको हो ।
दलहरूबीच एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति बनेको छ । एमालेले साउन १० गतेबाट संसद अवरोध गर्दै आएको थियो ।
Share on Twitter