प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित
काठमाडौं। प्रतिनिधिसभा बैठकको आजकालागि बोलाइएको बैठक भोली सम्मकालागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको बताइएको छ ।
आजका लागि बोलाइएको बैठक भोली दिउँसो तीन बजेसम्मकालागि स्थगित भएको संसद सचिवालयले सूचना मार्फत जानकारी दिएको छ ।
‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ , संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share on Twitter