प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ हुँदै
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदै छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएका श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । समितिले साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरी १० दिनभित्र उनी विरुद्ध उजुरी दिन सकिने जनाएको थियो ।
कसैलाई उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन भनेको थियो । श्रेष्ठविरुद्ध तीनवटा मात्र उजुरी परेको छ ।
समितिको सोमबार बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको ससदीय सुनुवाइ प्रारम्भ हुनेछ । यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरुलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो ।
Share on Twitter