कर्णालीमा प्रदेश स्थापना तथा सहिद दिवस मनाइँदै
काठमाडौ: कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको दिन प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि यो निर्णय विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो ।
प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर प्रदेश प्राप्ती तथा सहिद दिवस मनाउँदै छ।
कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका चारजनाको सम्झनामा प्रदेश सरकारले यो दिवस मनाउँदै आएको छ। कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए। उनीहरुको सम्झनामा आज प्रदेशका विभिन्न ठाउमा कार्यक्रमको आयोजना गरिएको छ ।
Share on Twitter