प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी
काठमाडौं :सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथिको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने जनाइएको छ ।
आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीमगरले जानकारी दिइन् ।
गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत् एउटा उजुरी परेका छन् ।
तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ ।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।
Share on Twitter