आफ्नै निर्णय लत्याउदै अनेरास्ववियु केन्द्रीय सचिव आरती भट्टराई
कार्यक्षेत्र बाहिर समानान्तर गतिबिधि
काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी सचिव आरती भट्टराईको क्रियाकलापले अनेरास्ववियु ओखलढुङ्गामा विवाद देखिएको छ ।
सिटिभिटी हेर्ने जिम्मा पाएकी केन्द्रीय सचिवले आफ्नो कार्यक्षेत्र नपर्ने जिल्ला पुगेर समानान्तर गतिविधि गरेपछि नेताहरू उनीसङ चिढिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले सङ्गठनको सन्दर्भमा २३ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी र निकायमा उम्मेदवारी रहेकाहरू स्वतः साबिकको जिम्मेवारी बाट मुक्त हुने र आयोजक कमिटीको नेतृत्व तत पछाडिको नेतृत्वले गर्ने छन् उल्लेख गरिएको थियो ! ओखलढुंगा जिल्ला कमिटी बाट जिल्ला नेतृत्वले केन्द्रीय सदस्यमा उम्मेदवार दिएकाले तत् पश्चताको सह संयोजक रूपक मगर स्वतः आयोजक कमिटीको संयोजक बनेका थिए ।
तर सचिव भट्टराईले भूगोलका नेताहरूलाई खबर नै नगरी भेला बोलाएर आफू निकट सन्जित तामाङलाई आयोजक कमिटीको संयोजक घोषणा गरेकी छन् । जिल्लाबाट केन्द्रीय कमिटीमा नेतृत्व गर्नेहरूसँग सल्लाह नै नगरी केन्द्रीय समिति बैठकको निर्णयलाई बेवास्ता गरेपछि जिल्लाका केही नेताहरूले उनको कार्यक्रम नै बहिस्कार गरेका छन् ।
केन्द्रीय कमिटी बैठक अनुसार रूपक मगर स्वतः आयोजक कमिटी संयोजक भएको एक नेताले बताए । उनका अनुसार भट्टराईलाई कारवाहीकालागि केन्द्रीय अध्यक्ष समिक बडाललाई समेत अनुरोध गरिएको छ ।
बडालबाट पनि कारबाही गर्ने प्रतिबद्धता आएको उनले सुनाए ।जिल्लामा क्रियाशील ने्ताहरुसंग सल्लाह बिना नै केन्द्रीय नेताहरूले मनलाग्दी गर्दा अनेरास्ववियुमा पहिरो जान सक्ने ती नेताको भनाइ छ । आफ्नै निर्णय अटेर गर्ने केन्द्रीय सचिवलाई बरखास्त गर्नुपर्ने आवाज समेत उठेको उनले जानकारी दिए।
Share on Twitter