राजनीतिमा गगनः अल्मलिए कि अल्मलाइए ?
अहिले पनि युवा पुस्तामाझ लोकप्रिय नेता हुन्, नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा । काँग्रेस कम्युनिस्ट राजावादी वा विद्रोही सर्मथक समकालीनहरुलाई विद्यार्थीकालमै राजनीतिको जागरण गराउने ल्याकत भएका गगनको राजनीतिको उकालो यात्रा सुरु भएको हो त्रिचन्द्र कलेजको बास्केटबल प्राङ्गणबाट ।
ज्यादै चलायमान, केही गरौं भन्ने हुटहुटी बोकेको ठिटो । सचेत राजनीतिको प्रचार भाषणबाजी र विद्यार्थीका एजेण्डा बोकेर त्रिचन्द्रमा सबैखाले विचारका विद्यार्थीका नेता बन्न पुगे स्ववियुको निर्वाचनमा सभापति जितेर । विद्यार्थीका नेताबाट सुरु भएको उनको राजनीति अहिले देशको एउटा मुख्य पार्टीको महामन्त्रीको हैसियतमा स्थापित छ ।
विद्यार्थी राजनीतिको जगबाट उनले विद्यार्थीको मात्र नेतृत्व गरेनन्, पार्टीपङ्क्तिमा रहेका सबै उमेर समूहका कार्यकर्तामाझ पुग्ने उनीहरुलाई सुन्ने र केही आसा जगाउने कामले नेविसंघ मात्रै होइन पार्टी पनि सँगसँगै डोहोर्याए । समय कस्तो थियो भने मुलुककै ठुलो पार्टीको हैसियतामा काँग्रेसमा लामबद्ध धेरै थिए ।
तर जनतालाई पार्टीसँगै आफ्नो नेता नजिक भइदियोस् भन्ने कुराले धेरै फरक पार्छ । गगन जनताको त्यही हुटहुटी बुझेर तल्लो तहसम्मै पुग्थे । नेपाली राजनीतिको अहिलेको प्रवृत्ति र परिवेशमा काँग्रेसभित्र गगनले पाएको महामन्त्रीको जिम्मेवारी महत्वपूर्ण उपलब्धी हो । हुन त सानै उमेरमा किसुन जी, बिपी कोइरालाहरु पनि नेतृत्वमा नआएका होइनन् । तर परिवेश अहिले फरक छ ।
गगनको सफलता काँग्रेसइतरको राजनीतिका लागि पनि महत्वपूर्ण नै हो । गिरिजाप्रसाद कोइरालाले दरबारबाट परिचालित र प्रतिगामीको मतियारको आरोप नलगाएको भए सायद यो भन्दा अघि नै गगन पार्टीको नेतृत्वमा आउँथे । उनिभित्र नेतृत्वको हुटहुटी यति थियो कि पार्टीभित्रका प्रभावशाली रहेका वैज्ञानिक यादव पण्डितलाई हराएरै छाडे ।
उनले धेरै खुल्ला आकाशमुनिका चियाचोक चौतारा र रत्नपार्कका मोर्चाहरुबाट गणतन्त्रको विगुल फुक्न घाँटी सुकाएका छन् । गणतन्त्रको वकालत गर्दैगर्दा पार्टीभित्रैबाट एक्ल्याइएका गगनलाई पार्टीभन्दा जनताको राजनीतिले नेतृत्वमा पुर्याएको भन्ने यथार्थ लुकाएर लुक्दैन । एकातर्फ गणतन्त्रका लागि सडक संघर्ष अर्कोतर्फ पार्टीभित्र अन्तरसंघर्ष । गगनले यो नेतृत्व हाँक्न राजनीतिको ठुलो आँधी बेहोरेका छन् । आफ्नैभित्रको आन्दोलनबाट उभिएका गगन गणतन्त्र स्थापना र महामन्त्रीको नेतृत्वपछि के अहिले कतै चुकेका हुन् ? एकात्मक राज्यप्रणालीको विरोध गरेर आफैँले ल्याएको संघीयतामा टिक्न र आफ्ना एजेण्डा स्थापित गर्न गगन चुकेका हुन् त र?
हिजो विद्यार्थी राजनीतिमा उनैले जगाएको जिल्ला जिल्ला र क्षेत्रगत संगठन संरचना अहिले पार्टीकै नेतृत्वमा पुग्दा जगाउन जोगाउन किन सकेनन् रु के गगनलाई नेतृत्वको जिम्मेवारीले पार्टीभित्र र भातृ संगठनका कमजोरीमाथि हस्तक्षेप गर्न वा सुधार्न रोकेको छ ? के गगनले आफ्नै विवेकले संघीयता बोझ भो भन्ने अभिव्यक्ति दिएका हुन् ? उसो त उनि चिप्ले कि चिप्ल्याइए, उनी अल्मलिए कि अल्मल्याइए ? पार्टी र संगठनका कमजोरीमा चुप हुनु र संघीयतालाई दोष थोर्पानुमा गगनको अहिलेको अवस्थाबारे शंका गर्ने प्रशस्त ठाउँ देखिए रु यस्तो किन भयो उनै जानुन् ।
गगनले पार्टीको नेतृत्वमा पुग्न के गरेनन्, महामन्त्रीमा ससुरा (अर्जुननरसिंह केसी)सँग भिड्ने । पार्टीबाहिर संसदमा कम्युनिष्टको दबदबाका बिच सबभन्दा प्रभावशाली बोल्ने । उनको त्यही हुटहुटीले दोस्रोपटक फेरि भिडे र हत्याए महामन्त्री पद तर गगनको यो विरासत अहिले कहाँ गयो रु सदनमात्रै होइन पार्टीभित्रै र संगठनका बिच उनी किन रक्षात्मक देखिन्छन् अचेल ? कुनै समय काँग्रेसका मात्रै होइन् कम्युनिष्टका कार्यकर्ताको समेत खोजीमा हुने गगनका भाषण, गगनका वक्तव्य, गगनका राजनीतिक प्रशिक्षण, भेला सभा आमसभामा सर्वाधिक खोजीका व्यक्ति थिए गगन ।
गगनले के भन्छ भन्ने कुरा देशभित्र मात्रै बाहिर पनि खोजी र चर्चाको विषय बन्थ्यो । त्यो पृष्ठभूमि भुलेर गगन कहाँ भुले अहिले ? विद्यार्थीकालमा उनैले उठाएका समावेशिताका मुद्दा आफू नेतृत्वमा पुगेपछि बिर्से कि जोखाना हेराउँदैछन् रु कि उनीपनि कार्यकर्ताभन्दा माथि उठेर पदलोलुप भए रु यस्तो त नहोला ।
उसो त गगनबाटै प्रशिक्षित कार्यकर्ता पङ्क्तिले अझै आसा त मारिसकेको छैन । समावेशीताको नाममा थर र जात भजाएर पद हत्याउने, पत्नीरज्वाइँरसालारजेठान लाई घुसाउने र पिछडिएकाको नाममा धनवान र बलवानले भाग पाउने खेलोमा गगन नहोलान् आसा गरौँ । हामीले देखे भोगेका गगन नफेरिएका होउन ।
गगन आफैँले भाषण दिँदै हिँडेका वक्तव्य नभुलून्, राजनीति परिवारवादमा निहित हुनुहुन्न । गणतन्त्र र संघीयताका लागि राज्यको बुट र बारुद खाएका गगनले आफ्नै बुद्धिले गणतन्त्र र संघीयता बोझ भयो भनेका नहोउन् । उनैले देखाएको सपनाअनुसार देश प्रादेशिक संरचनामा गयो अब पार्टीलाई पनि संघीयतामा ढाल्न ढिलाइ नगरुन् ।
साँच्चै व्यवस्था नै बदलेर ल्याएको संघीयता र संविधान कागजी घोडा बनेको देख्न नपरोस् । प्रदेश बनाउने तर प्रादेशिक संरचना व्यवहारमा नउतार्ने, स्थानीय सरकारको अवधारणा बनाउने तर काम गर्न नदिने अनि कसरी बलियो होला संघीयता ? महेन्द्रकालीन जिल्ला संरचना, कर्मचारी संरचना अझै अझै रहुन्जेल देशले संघीयता मर्म अनुसार काँचुली फेर्न सक्दैन । काँग्रेस र त्यसमा पनि गगन संघीयता सबलिकरणको नेतृत्व गर्न धर्मराएका हुन् र रु के गगनलाई आफैँले नेतृत्व गरेको गणतन्त्रको आन्दोलनले ल्याएको संघीय व्यवस्था बिझाएको हो र ?
Share on Twitter