सीटीईभीटी अन्तर्गतका १९६ कलेजको सिट निर्धारण
काठमाडौं:चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ ।
बिहीबार बसेको कार्यकारी समितिको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो। आयोगले चिकित्सा शास्त्रतर्फका प्रमाणपत्र तहका कार्यक्रम संचालन गर्ने १९६ कलेजको सिट निर्धारण गरेको हो ।
आयोगले सबै कलेजलाई केही विषमा ३० सिट र केही विषयमा ४० सिट दिएको छ । आयोगले परिषद्को सिफारिसका आधारमा सिट निर्धारण गरेको हो ।आयोगको यसअघि सीटीईभीटीले आयोगसँग परामर्श नै नगरी आफूखुसी भर्ना खुला गरेको थियो। त्यसपछि आयोगले पत्र काट्दै चिकित्सा शिक्षा ऐन अनुसार काम अगाडि बढाउन भनेको थियो। आयोगले ऐन विपरित काम नगर्न सीटीईभीटीमा पत्र पठाएपछि दुवै संस्थाबीच विवाद चुलिएको थियो।
विवाद बढ्दै गएपछि आयोगका सहअध्यक्ष समेत रहेका स्वास्थ्य र शिक्षामन्त्रीसम्म समाधानका लागि पहल भएको थियो। दुवै मन्त्रीसँगको छलफलपछि दुई निकायबीच समन्वय गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार सीटीईभीटीले आयोगमा विवरण पठाएपछी उक्त विवरणको अध्ययन गर्दै आयोगले विवरणमा कुनै फरक परेमा सीटीईभीटी नै जवाफदेही हुने गरी पेश भएका शैक्षिक संस्थाका लागि सिट निर्धारण गर्ने निर्णय गरेको हो।
कुन कलेजले कति सिट पाए ?
Share on Twitter