राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सदनको अवरोध हटाउन ओलीलाई के दिए सुझाव ?
काठमाडौं: संसदको गतिरोध अन्त्यकालागि राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता देखाएका छन् । आज एमाले अध्यक्ष केपी ओलीसंग भेटेर संसद सुचारु ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्यकालागि आग्रह गरेका हुन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राखेका थिए ।
Share on Twitter