सञ्चारकर्मी सरिता ज्ञवाली सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश
काठमाडौं : सञ्चारकर्मी सरिता ज्ञवाली सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् । टेलिभिजन कार्यक्रममार्फत स्थापित भएकी ज्ञवालीलाई पार्टीका राष्ट्रिय अध्यक्ष राउतले स्वागत गरेका छन् ।
पार्टीका अध्यक्षको व्यवहार र संसदमा पार्टी नेतृत्वले देखाएको आचरणका कारण आफुले जनमत पार्टी रोजेको ज्ञवालीको भनाइ छ ।
सीकेले पार्टी प्रवेशकै अवसरमा ज्ञवालीलाई पार्टीको सदस्यता समेत दिएका छन् । ६ सीटसहित राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले पहाडी क्षेत्रमा समेत संगठन बिस्तार गर्दै छ ।
Share on Twitter