एमालेले संसद चल्न दिएन
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । आजको बैठकको सुरुवातमै एमालेका सांसदहरु एठेर अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी शाहलाई बोल्न समय दिए ।
एमाले सांसद हाहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरे । ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीय बाट ज्वाला कुमारी शाहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहरको कुरा के हो त्यो म सुनाउने छु ।’ उठेका सांसदहरुलाई बस्न भन्दै सभामुखले पटक पटक आग्रह गरेपनि सांसदहरुले अवरोध कायमै राखेका थिए ।
संसदमा अवरोध भएपछि सभामुख घिमिरे कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ । जनताको समस्या सुनाउने थलो बन्दक बनाएको भन्दै एमालेको आलोचना सुरु भएको छ ।
Share on Twitter