सांसद सुनिल शर्मा पक्राउ प्रकरण : सीआईबी भन्छ नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धान
काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा शर्मालाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२०७३ सालमा नक्कली प्रमाण पत्रधारी चिकित्सकविरुद्ध सीआईबीले ‘क्वाक अपरेसन’ सञ्चालन गरेपछि शर्मा लामो समयसम्म जापान र दुबईमा लुकेर बसेका थिए । शर्माको आईएसीको सर्टिफिकेज भारतीय भएको बताइन्छ ।
उनले एमबीबीएस चीनबाट उत्तीर्ण गरेको दाबी गर्दै आएका छन् । तत्कालीन डिआइजी नवराज सिलवाल सिआईबीको नेतृत्वमा हुँदा सुरु भएको ‘क्वाक अपरेसन’ उनी नेर्तत्वबाट हटेसंगै सेलाएको थियो । आईजीपीको लाईनमा रहेका सिलवाललाई सरकारले आइजीपी नबनाएपछि प्रहरी संगठनबाटै बाहिरिएका थिए ।
त्यो बेला पक्राउ पर्नबाट जोगिएका शर्मा गएको निर्वाचनमा मोरङ– ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भए। तर ७ बर्ष पछि उनी पक्राउ परेका छन् । विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
झापाको दमकमा २०३४ पुस २२ गते जन्मिएका शर्माले माध्यमिक तहको अध्ययन कालिकोटमा गरेको बताइन्छ । त्यो भन्दा अगाडि शर्मा मोरङकै लेटाङ नगरपालिकास्थित लेटाङ माध्यमिक विद्यालय अध्ययन गर्थे । अनुत्तीर्ण भएपछि उनी अध्ययनकै लागि कालिकोट गएको बताइन्छ । त्यहाँ पञ्चदेव उच्च माविमा ९ कक्षामा भर्ना भएका उनी मामासँग बस्थे ।
लेटाङमा भने शर्मा राजेन्द्र न्यौपानेको नामबाट परिचित थिए । पछि सुनील शर्माको नामबाट चिनिन थालेका थिए । शर्माको आईएसीको सर्टिफिकेज भारतीय भएको बताइन्छ । उनले एमबीबीएस चीनबाट उत्तीर्ण गरेको दाबी गर्दै आएका छन् । यता सीआईबीलेभने प्रतिनिधिसभा सदस्य सांसद शर्मा पक्राउबारे संसद सचिवालयलाई पनि जानकारी गराइसकेको छ ।
‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सीआईबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।
यता सांसद शर्माले भने सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्। सीआइबीको नियन्त्रणमा रहेका उनले भने, ’मैले यहीँ कस्टडीबाट पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छु। बाहिर निस्किनेबित्तिकै अनसन बस्छु। श्र्माको सचिवालयले पनि विज्ञप्ति निकालेर सांसद शर्मालाई कुरता पूर्वक पक्राउ गरेको आरोप लगाएको छ ।

सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरुको अनुसन्धानका लागि अपरेसन ‘फोस्कट्रोट’ चलाएको छ । सीआईबीका अनुसार नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् ।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सीआईबीको अपरेशन जारी रहेको जनाइएको छ । कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share on Twitter