सीटीईभीटीको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको परीक्षा भदौमा
काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा भदौमा गर्ने भएको छ ।
यहि २०, २४ र २६ गते सञ्चालन हुने भनिएको प्रवेश परीक्षा स्थगित गरी भदौमा सञ्चालन गर्ने सूचना मार्फत जानकारी दिएको छ ।
सीटीईभीटीले डिप्लोमा/प्रमाणपत्र तहको छात्रवृत्ति तर्फको प्रवेश परीक्षा भदौ २ गते बिहान, पूर्ण शुल्कीय तर्फको भदौ ६ गते र प्रि–डिप्लोमा तहको छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते सञ्चालन हुने जनाएको छ ।

Share on Twitter