माओवादी केन्द्रले तीन महिना संगठन सुदृढिकरण अभियान चलाउने
काठमाडौं : नेकपा माओवादी केन्द्रले तीन महिना संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका हुन् ।
यो अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको तयारी छ ।
Share on Twitter