उद्धव थापा नै बने कोशीका मुख्यमन्त्री
कठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।
सर्वोच्च अदालतले नियुक्ति बदर गरेको ६ दिनपछि थापा पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पु¥याएको हो । कोशीमा बहुमत पु¥याउन ४७ सीट चाहिन्छ । कोशी प्रदेशमा गठबन्धनमा रहेका दलहरू कांग्रेसका २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन् ।
Share on Twitter