भानुभक्त प्राणी उद्यानको कार्यालयमा तालाबन्दी
कठमाडौं :भानुभक्त प्राणी उद्यान मुआब्जा पिडित संघर्ष समितिले भनुभक्त प्राणी उद्यानको कार्यालयमा ताला लगाएको छ । जग्गाको मुआब्जा नपाएपछि संघर्ष समितिले आज विरोध र्याली निकालेर ताला लगाइदिएको हो ।
पृथ्वी राजमार्गको छिर्कनदेखि देउराली, घाँसी कुवा उत्तरतर्फका विभिन्न ८ वटा सामुदायिक वन, २ वटा कबुलियती वन, राष्ट्रिय वन र निजी जग्गासमेत समेटेर ४२५ हेक्टर क्षेत्रफलमा चिडियाखानाको संरचना बन्दै छ । व्यास नगरपालिका–११, १२ भानुनगरको ५ र ६ वडामा निर्माणाधीन उद्यानले १४२ घरधुरी प्रभावित बनेका छन् । स्थानीयको ९१२ रोपनी जग्गा उद्यानले अधिग्रहण गरेपछि स्थानीय प्रभावित बनेका हुन् ।
तत्कालीन वन तथा वातावरणमन्त्री शंकर भण्डारीको प्रस्तावमा २० माघ, २०७३ को मन्त्रिपरिषद् बैठकले तनहुँमा प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । १८ वैशाख २०७४ मा राजपत्रमा सूचना प्रकाशित भएपछि उद्यानको काम सुरु भएको हो ।
९१२ रोपनी जग्गाको मुआब्जाकालागि स्थानीय सबैजसो सम्बन्धित कार्यालय धाएका थिए । तनहुँबाटै निर्वाचित भएका राष्ट्रपति रामचन्द्र पौडेल सहित तनहुँका साम्सदहरुलाई भेटेका थिए । यो बजेटमा मुआब्जा समेटिने आश्वासन पाएका पिडितहरु ऋहिले निराश भएका हुन् ।

वनमन्त्रालयले अर्थमन्त्रालयसंग बजेट नमाग्दा समस्या भएको अर्थमन्त्रालयका अधिकारीहरु ब्ताउछन् । यता अर्थमन्त्री प्रकाश शरण महत भने उद्यानलाई कुनैपनि हालतमा बजेट दिन नसकिने बताउछन् । उद्यान निर्माण नै स्थगित गर्न सकिने मुडमा अर्थमन्त्री रहेका छन् ।

उनी भन्छन् ‘जग्गा फुकुवाकालागि मैले पत्र लेखिदिन सक्छु तर अहिलेको अवस्थामा म मुआब्जा दिन सक्दिन ’यता पिडितहरुले भने यतिका समय अड्काएर सरकारले अलमलमा पारेको गुनासो गरेका छन् ।
सरकारलाई दबाव बढाउन संघर्षका कार्यक्रम नै सार्वजनिक गरेर अघि बढेका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको मुआब्जा निर्धारण समितिले स्थानीयका घर, टहरा र जग्गाका लागि ४३ करोड ८७ लाख ९ हजार रुपैयाँ मुआब्जा दिन अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । थप १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि २ करोड ६ लाख ८४ हजार ७०७ रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । तर मुआब्जा नपाएपछि पिडितहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Share on Twitter