नेविसंघकाे राजनीतिमा सुधारकाे संकेत
नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेल निलम्बित
काठमाडौं : नेपाल विद्यार्थी संघले कालोमोसो दल्नेमााथि कारवाही गरेको छ । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य–मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेललाई कारवाही गरेको हो । छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जारी विज्ञप्तीमा संघका नाममा हुने कुनै पनि विधि विधान र पद्धति विपरित गतिविधि नगर्न नगराउन हुन आग्रह गर्दै यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि विधान बमोजिम कारवाही गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय समिति बाध्य हुने भनिएको छ ।

Share on Twitter