प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित
काठमाडौं : प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । एमालेले अडान नछाडेपछि भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ ।
यसमा सत्तापक्ष तयार भएको छैन । यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।
Share on Twitter