स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप
अध्यक्ष पशुपति पोखरेल पक्राउ
काठमाडौं: संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई दवाब बढेको छ । ऐन जारी गर्न ढिलाई भएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सिंहदरबार बाहिर शान्तिपूण धर्ना दिएको छ ।
मुलुक संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि तीनै तहको कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुनु गम्भीर चिन्ताको विषय भएकाले दवाब दिनुपरेको संगठनका अध्यक्ष पशुपति पोखरेले बताए ।
कर्मचारीको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । संगठनका अध्यक्ष पशुपति पोखरेलसहित केही प्रदर्शन कारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको हस्तक्षेप्रति संगठनले आपत्ति जनाएको छ भने पक्राउ परेका कर्मचारीलाई रिहाई गर्न माग गरेको छ ।
Share on Twitter