कर्मचारी खोज्दै सांसद डा. तोसिमा कार्की
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहिबार सूचना जारी गर्दै डा. केसीले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छन् । लिखित, मौखिक र प्रयोगात्मक परीक्षा लिएर कर्मचारी छनोट गर्ने जानकारी दिएकी हुन् ।
आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन वा राजनीतिशास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ । नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको, नेपाली टाइप एवं सामान्य डिजाइन गर्न सक्ने, मसामयिक राजनीतिक विषयमा जानकार भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
छनोट गर्दा शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, राजनीतिक ज्ञान तथा कार्य अनुभव, नेतृत्व गर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सीप, समस्या समाधानको सीप, कार्य तत्परता र सिर्जनशीलताको आधारमा मूल्यांकन हुने बताइएको छ । डा.तोसिमा प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचिर्त भएकी थिइन् ।

Share on Twitter