मिटरब्याज सम्बन्धी बिधेयक राष्ट्रियसभामा टेबल
काठमाडौं : राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । प्रतिनिधिसभाबाट असार ३१ गते पारित भएको विधेयक बिहिबारको बैठकमा टेबल भएको हो ।
राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबुल गरेका छन् । यो विधेयक आजै पारित गर्ने तयारी रहेको छ । सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।
Share on Twitter