सुन तस्करीको छानबिनकालागि उच्च स्तरीय छानबिन समिति बनाउन एमालेको माग
काठमाडौं:प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिनकालागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले छानबिन समिति बनाउन माग गरेका हुन् ।
मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले सम्वोधन गरेका थिए ।
उनले कर्मचारीको सेटिङले मात्रै सुन तस्करी नभएको बताए । रेडी ट्रेडले ३३ पटक विभिन्न नाममा क्वन्टिलका क्वीन्टल सुन भित्र्याएको उनको दाबी थियो । उनले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाए । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो ।
उनले भने, ‘गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ रु’
Share on Twitter