एमाले नेता निरज आचार्य को प्रश्न: सय किलो सुनको नाइके तपाई नभए को गृहमन्त्री ज्यु ?
काठमाडाै : नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले १ सय किलो सुन काण्डको नाइके को भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सुन काण्डको नाइके गृहमन्त्री नभए को भन्ने जवाफ मागका छन् ।
उनी लेख्छन् ‘सुन काण्डका नाइके आफै हो कि हैन जवाफ दिनु , आफू नभए को हो ? छानबिन गर्नु र सार्वजनिक गर्नु गृहमन्त्रीज्यूको दायित्व र कर्तव्य हो।’ उनले गृह प्रशासनको सेटिङ बिना सुन बाहिरिन्छ भन्नु कल्पना बाहिरको कुरा रहेको उल्लेख गरेका छन् ।
‘ गृह प्रशासनको सेटिङ बिना एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर आउँछ भनेर कल्पना गर्न पनि सकिदैन। गृह, भन्सार र अध्यागमन को उच्च नेतृत्वको समन्वय विना सम्भव हुनै सक्दैन । यस काण्डका दोषी को हो? यसको जिम्मेवारी गृह मन्त्री को होइन ? जिम्मेवारी नलिने स्टनवाजीलेमात्र देश चल्छ ? ’
उनले भरिया र केही कर्मचारी समातेर जोगिने प्रयास नगर्न चेतावनी समेत दिएका छन् ।

Share on Twitter