कांग्रेस केन्द्रीय समिति बैठकको समापन हुँदै , कस्तो आउला निर्णय ?
काठमाडौं:नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । दिउँसो ४ बजेकालागि बैठक बोलाइएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।
समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रुप दिन पदाधिकारी बैठकपनि बस्दै छ । यसअघि मंगलबार पनि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेर निर्णयको मस्यौदा तयार पार्ने जिम्मा नेताहरुलाई दिएको थियो ।
ती नेताहरुले आजको पदाधिकारी बैठकमा मस्यौदा पेस गर्नेछन् । त्यसपछि सभापति र महामन्त्रीहरुले निर्णयको मस्यौदालाई अन्तिम रुप दिएर अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् ।
गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए । एक बर्षपछ बसेको कांग्रेस केन्द्रीय समितिको बैठकका निर्णयलाई चासोकासाथ हेरिएको छ ।
Share on Twitter