सांसद लेखनाथ दाहालले गरे १५ शैयाको अस्पताल भवन शिलन्यास
काठमाडौं: सिन्धुलीको मरिण गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण सुरु भएको छ । मरिण गाउँपालीका ७ महेश्वतामा अस्पताल निर्माण सुरु भएको हो ।
१५ शैयाको अस्पतालको सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले मंगलबार शिलन्यास गरेका हुन् । ४ हजार ७ सय ४० दशमलव ८४ वर्ग मिटर क्षेत्रफलमा निर्णण हुन लागेको अस्पताल भवनको लागत १६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैयाँ रहेको बताइएको छ ।
संघ सरकारको लागतमा बन्न लागेको भवनको निर्माण जिम्मा स्काई विल्डर्स प्राली नयाँबानेश्वर काठमाडौंले पाएको छ । उक्त भवन आर्थिक वर्ष २०८१/०८२ को मंसिर सम्ममा सक्ने बताइएको छ ।शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दाहालले समयमै निर्माण सक्न आग्रह गरेका छन् ।
लामो समयको प्रतिक्षापछि १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि मरिणबासी खुसी भएका छन् । सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना अनुसार गाउँपालिकाले पनि भवन निर्माणको काम सुरुवात गरेको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।
उनका अनुसार अस्पताल निर्माण गरि संचालनमा आएपछि मरिण, हरिहरपुरगढी तथा घ्याङ्लेख गाँउपालीकाका नागरिक प्रत्यक्षरुपमा लावान्वित हुनेछन्
Share on Twitter