जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलायो
काठमाडौं : जनमत पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । साउन २० गते बिहीबार विहान सात बजेबाट बैठक सुरु हुने जनाइएको छ ।
काठमाडौंको क्वालिटी ब्याङ्केट बुद्धनगरमा बस्ने बैठकमा विभिन्न राजनीतिक र समसामयिक बिषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादबले जानकारी दिए ।
बैठकमा सहभागि हुन नागरिकताको प्रतिलिपी , मतदाता परिचयपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको प्रवक्ता यादबले जानकारी दिए ।

Share on Twitter